नेपालीसँग पेट्रोलियम पदार्थको विकल्प जलविद्युत् : पम्फा भुसाल

<p>काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अस्वभाविक रुपमा बढेको बेला नेपालीसँग पर्यप्त विकल्प रहेको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल बताएकी छन् । उनका अनुसार विश्वका कैयौं देशसँग विकल्प नभए पनि नेपालीसँग जलविद्युत&#x200d;् विकल्प रहेको बताएकी हुन् । सोमबार काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले पेट्रोलियम पद्धार्थको [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अस्वभाविक रुपमा बढेको बेला नेपालीसँग पर्यप्त विकल्प रहेको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल बताएकी छन् । उनका अनुसार विश्वका कैयौं देशसँग विकल्प नभए पनि नेपालीसँग जलविद्युत‍् विकल्प रहेको बताएकी हुन् ।

सोमबार काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले पेट्रोलियम पद्धार्थको विकल्पका रुपमा घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

नेपालीसँग पेट्रोलको विकल्प जलस्रोत र जलविद्युत‍् रहेको बताउदै उपभोग गर्नुपर्नेमा जोड दिइन् । उनका अनुसार चुल्होमा इन्डक्सनदेखि यात्रामा गाडीसम्म विद्युतीयलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

‘विद्युत‍्लाई प्रश्रय दिने कुरा, राज्यले खरिद गरेर इन्डक्शन बाड्ने हो कि, व्यवसायीहर”ले व्यापार गरेर गर्ने हो कि, या अरु कुनै निकायले हो अब हामी घरायसी प्रयोजनमा हामी विद्युतीय उपकरण प्रयोग गर्ने कुरालाई सबैले साझा दायित्वको रुपमा लिनुपर्छ,’ उनले भनिन् ।

जसका लागि आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय उपकरणको प्रयोगलाई बढाउन दिनेगरी नीतिगत रुपमा सम्बोधन गर्ने र बजेटको व्यवस्था गर्ने उनले बताइन् ।

साथै उनले अध्यादेश ल्याएर भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको इजाजतपत्र दिइने बताएकी छन् । मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार गरेको भए पनि प्रक्रियागत रुपमा कानून मन्त्रालयमा पठाउँदा कार्यविधि बनाएर दिन नपाइने प्रतिक्रिया पाएकाले दिन नसकेको बताइन् ।

संसद सञ्चालन हुन नसकेको अवस्थामा अध्यादेशकै विधिमार्फत् भए पनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने उनले बताएकी हुन् ।

Share News