सर्ट र सुट किन्दा महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङबीच ग्राहकहरूलाई छुट दिने योजनासम्बन्धी सम्झौता भएको छ । बैंक र टेलर्सबीचको सहकार्यसँगै श्रेष्ठ टेलिरिङमा सर्टिङ्ग, सुटिङ सिलाउनुका साथै अन्य विभिन्न सेवाहरूमा महालक्ष्मीका ग्राहकहरूले आकर्षक छुट पाउनेछन् । छुट प्राप्त गर्न बैंकको डेबिट कार्ड, क्युआर स्क्यान तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले प्रदेश १ मा ५, [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङबीच ग्राहकहरूलाई छुट दिने योजनासम्बन्धी सम्झौता भएको छ ।

बैंक र टेलर्सबीचको सहकार्यसँगै श्रेष्ठ टेलिरिङमा सर्टिङ्ग, सुटिङ सिलाउनुका साथै अन्य विभिन्न सेवाहरूमा महालक्ष्मीका ग्राहकहरूले आकर्षक छुट पाउनेछन् । छुट प्राप्त गर्न बैंकको डेबिट कार्ड, क्युआर स्क्यान तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।

बैंकले प्रदेश १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत सेवा प्रदा गरिरहेको जनाएको छ ।

Share News