
काठमाडौं । चैते दशैंको अवसरमा बुधबारदेखि राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला पाँच दिनसम्म चल्ने भएको छ ।
सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरू खरिद गर्न सक्नेगरी मेला आयोजना गरिएको हो ।
इभेण्ट सोलुसन प्रालिले आयोजना गरेको मेलामा ५० भन्दा बढी स्टलमा दैनिक उपभोग्य सामग्रीका साथै वस्तु तथा सेवा उपलब्ध हुने इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।
‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना गरिएको उनले बताए । एक्स्पोमा चैते दशैंका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामाग्रीहरूको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताए ।
ए
क्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता छ । विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिने आयोजकले जनाएको छ ।