बाँसबारी क्लबको प्रायोजकमा सिद्धार्थ बैंक

<p>काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शहीद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी बाँसबारी–३, काठमाडौंस्थित बाँसबारी क्लबलाई चार लाख रुपैयाँ प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेस प्रदीप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापा ले हस्ताक्षर गरेका छन् । खेलाडीहरूको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शहीद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी बाँसबारी–३, काठमाडौंस्थित बाँसबारी क्लबलाई चार लाख रुपैयाँ प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ ।

उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेस प्रदीप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापा ले हस्ताक्षर गरेका छन् ।

खेलाडीहरूको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरूको खेल तयारी र आवश्यक खेल समाग्री खरिद गर्न प्रदान गरिएको हो । बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद आयोजनाहरूमा सहभागिता जनाउदै आएको छ ।

उक्त सम्झौताले खेलाडीहरूमाझ खेलप्रति थप उत्साहित बनाएको छ । साथै यस्ता सम्झौताहरूले खेलाडीहरुलाई खेलमा उत्प्रेरित गराउने र खेलाडीहरुको विकासमा योगदान पुर्‍याउने बैंकको विश्वास छ ।

Share News