नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि पोखरामा हुने

<p>काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म पोखरामा संचालन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद&#x200d;्को बैठकले प्रतियोगिताको मिति तय गरेको हो । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरामा आयोजना गरिने प्रतियोगिताको मिति तय भएसँगै आवश्यक तयारी थाल्न युवा तथा खेलकुदमन्त्री [&hellip;]</p>

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म पोखरामा संचालन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद‍्को बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।

गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरामा आयोजना गरिने प्रतियोगिताको मिति तय भएसँगै आवश्यक तयारी थाल्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले निर्देशन दिएका छन् ।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित सुरु गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण दुई वार्षदेखि सञ्चालन हुन नसकेको प्रतियोगिता आगामी जेठमा हुने भएको हो ।

Share News