बजेट अधिवेशन बाेलाउने तयारी

<p>काठमाडौं । सरकारले बजेट अधिवेशन आव्हान गर्ने तयारी गरेको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटाबीच बजेट अधिवेशन आव्हान गर्ने विषयमा छलफल भएको हो । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले प्रधानमन्त्री र सभामुखबीच बजेट अधिवेशन बोलाउने विषयमा छलफल भएको बताए । अहिले अर्थमन्त्रालय बजेट निर्माणको प्रक्रियामा छ । अर्थमन्त्रालयले अहिले विभिन्न [&hellip;]</p>

काठमाडौं । सरकारले बजेट अधिवेशन आव्हान गर्ने तयारी गरेको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटाबीच बजेट अधिवेशन आव्हान गर्ने विषयमा छलफल भएको हो ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले प्रधानमन्त्री र सभामुखबीच बजेट अधिवेशन बोलाउने विषयमा छलफल भएको बताए । अहिले अर्थमन्त्रालय बजेट निर्माणको प्रक्रियामा छ ।

अर्थमन्त्रालयले अहिले विभिन्न मन्त्रालय, विभिन्न संघ संस्था तथा सरोकारवालाहरुसँग बजेटको विषयमा छलफल गरिरहेको छ । संविधानतः सरकारले जेठ १५ गते बजेट प्रस्तुत ल्याउनु पर्छ ।

Share News