काठमाडौं । नेपाल फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । फाइनान्सको हकप्रद सेयरको लागि सेयर मूल्य समायोजन भएको हो ।
फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्दै छ । सो प्रयोजनको लागि संस्थाको सेयर मूल्य समायोजन भई प्रतिकित्ता ३११.१८ रुपैयाँमा पुगेको छ । सोमबारको बजारमा संस्थाको सेयर प्रतिकित्ता ४५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
संस्थाले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि बैंशाख २० गते बुक क्लोज गर्दै छ । यससँगै बैशाख १९ गतेसम्म कायम सेयरधनीले संस्थाले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।