जीवन बीमा कम्पनीलाई पुँजी थप्न समितिको ४ विकल्प, भन्यो- हकप्रदलाई प्राथमिकतामा नराख्नुस्

<p>काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुँजी वृद्धिको लागि हकपद सेयरलाई प्राथमिकतामा नराख्न आग्रह गरेका छन् । जीवन बीमा कम्पनीहरूसँग ‘बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले सो आग्रह गरेका हुन् । उनले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै [&hellip;]</p>

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुँजी वृद्धिको लागि हकपद सेयरलाई प्राथमिकतामा नराख्न आग्रह गरेका छन् । जीवन बीमा कम्पनीहरूसँग ‘बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले सो आग्रह गरेका हुन् ।

उनले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नै पर्ने बताए ।

‘बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो, सक्नेले पुँजी बढाउनुपर्यो, नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुपर्यो, पुँजी वृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ,’ उनले भने ।

लगानी अनुरूपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ती मार्फत पुँजी वृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने उनको भनाई छ ।

‘बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुपर्यो, अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्यो, सूचना प्रविधिमैत्री हुनुपर्यो, शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउनुपर्यो, दाबी भुक्तानी समयमै हुनुपर्यो, लगानीको प्रतिफल पनि बढ्नु पर्यो,’ उनले भने ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पुँजी वृद्धिका लागि विभिन्न ४ वटा विकल्प रहेको बताएका छन् । उनका अनुसार कम्पनीहरुले थप लगानी, बोनस सेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प मार्फत पुँजी वृद्धि गर्न सक्ने छन् ।

Share News