बलात्कार घटनामा हदम्याद पुन:विचार गर्न गगन थापाको माग 

<p>काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार घटनामा हदम्याद बारे पुन:विचार गर्न माग गरेका छन् । आज संसदमा आफ्नो धरणा राख्दै यस्तो माग गरेका हुन् । आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेपछि थापाले संसदमा यसबारे कुरा उठाउदै हदम्यादबारे सोच्नुपर्ने बताएका हुन् । [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार घटनामा हदम्याद बारे पुन:विचार गर्न माग गरेका छन् । आज संसदमा आफ्नो धरणा राख्दै यस्तो माग गरेका हुन् ।

आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेपछि थापाले संसदमा यसबारे कुरा उठाउदै हदम्यादबारे सोच्नुपर्ने बताएका हुन् ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी पीडितलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको पीडितले टिकटकमार्फत बताएकी थिइन् ।

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत उनले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेकी हुन् ।

Share News