सेतो बाघ भोड्का नेपाली बजारमा

<p>काठमाडौं । देशभर सेतो बाघ ब्राण्ड भोड्काको बिक्री वितरण शुरु भएको छ ।  सेतो बाघ ब्राण्डको भोड्काको उत्पादक कम्पनी नेचुरल स्प्रिटले बिहिबारबाट देशभर यसको बिक्री वितरण शुरु गरेको हो । यसअघि कम्पनीले सारंगी ब्राण्डको ह्विस्की बिक्रीवितरण गर्दै आएको थियो । मदिरा पारखीहरुका लागि उत्कृष्ट ब्राण्डको भोड्का ल्याएको कम्पनीको दावी छ । कम्पनीको अनुसार यो भोड्का हिमाली झरनाको पानी [&hellip;]</p>

काठमाडौं । देशभर सेतो बाघ ब्राण्ड भोड्काको बिक्री वितरण शुरु भएको छ ।  सेतो बाघ ब्राण्डको भोड्काको उत्पादक कम्पनी नेचुरल स्प्रिटले बिहिबारबाट देशभर यसको बिक्री वितरण शुरु गरेको हो । यसअघि कम्पनीले सारंगी ब्राण्डको ह्विस्की बिक्रीवितरण गर्दै आएको थियो ।

मदिरा पारखीहरुका लागि उत्कृष्ट ब्राण्डको भोड्का ल्याएको कम्पनीको दावी छ । कम्पनीको अनुसार यो भोड्का हिमाली झरनाको पानी र युरोपबाट आयातित कच्चापदार्थ बाट नेपाली स्वादमा तयार गरिएको छ । भोड्का अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको छ कम्पनीले जनाएको छ ।  ।

मदिरा उत्पादन तथा बिक्रीवितरण सँगसँगै सामाजिक उत्तरदायित्वप्रति पनि त्यत्तिकै जिम्मेवार रहेको बताउँदै कम्पनीले बाघहरुको संरक्षणलाई ध्यानमा राख्दै उत्पादनको नाम नै सेतो बाघ राखेका बताएको छ ।

सेतो बाघ भाेड्का १८० मिलि, ३७५ मिलि र ७५० मिलिमा उपलब्ध छ ।

Share News