मन्त्रिपरिषदले पास गर्यो बजेट

<p>काठमाडौं । मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्षको बजेट पास गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास गरेको हो । आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले बजेट पास गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषदले पास गर्नुअघि राष्ट्रिय योजना आयोगको स्रोत समितिले बजेटको सिलिङ पास गरेको थियो । [&hellip;]</p>

काठमाडौं । मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्षको बजेट पास गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास गरेको हो ।

आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले बजेट पास गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषदले पास गर्नुअघि राष्ट्रिय योजना आयोगको स्रोत समितिले बजेटको सिलिङ पास गरेको थियो ।

आयोगको अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने सरकारले उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ । आयोगले बजेटको सिलिङ पास गर्नुपर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद बैठकले बजेट पास गरेकोले अब आज बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन् । बजेट पेश गर्नको लागि संघीय संसदको संयुक्त बैठक आज ४ बजेटको लागि बोलाइएको छ ।

Share News