
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आयातबाट उत्पादनतर्फ जोड दिएको बताएका छन् ।
आइतबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
‘बजेट आयातबाट उत्पादनतर्फ र जोखिमबाट आर्थिक स्थिरता र बञ्चितिकरणबाट समावेशीकरणतर्फ जोड दिएको छु,’ उनले भने ।
यस्ता छन् बजेटका मूख्य विषय :
उत्पादनमा आधारित बजेट
पुँजी र प्रविधिको प्रयोगले रोजगारी सिर्जना
प्रदेश र स्थानीय तहमा स्रोत र साधन हस्तान्तरण
आत्मनिर्भर अर्थतन्त्रमा जोड
सहकारी क्षेत्रको सहकार्यमा उत्पादनमा जोड
स्टार्टअपमा जोड
जविद्यतुमा जोड
औद्योगिक विकास, विपत्त व्यवस्थापन,
वैज्ञानिक अनुसन्धान र विकास
कृषि क्षेत्रको उत्पादन वृद्धि
निर्यात दोब्बर
वार्षिक ३० प्रतिशतका दरले रोजगारी