माथिल्लो अरुणका लागि १ अर्ब, दूधकोशीका लागि ९४ करोड बजेट

<p>काठमाडौं । सरकारले ६ सय ३५ मेगावाट उत्पादन क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना आगामी आर्थिक वर्षबाटै कार्यान्वयन मै लैजाने भएको छ । आइतबार संसदमा प्रस्तुत भएको बजेट वक्तव्यअनुसार यी आयोजनाहरुको प्रारम्भिक चरणका कामहरु शुरु गर्नका लागि बजेट छुट्याइएको छ । ‘माथिल्लो अरुण जलविद्युत् आयोजनाको लागि १ [&hellip;]</p>

काठमाडौं । सरकारले ६ सय ३५ मेगावाट उत्पादन क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना आगामी आर्थिक वर्षबाटै कार्यान्वयन मै लैजाने भएको छ ।

आइतबार संसदमा प्रस्तुत भएको बजेट वक्तव्यअनुसार यी आयोजनाहरुको प्रारम्भिक चरणका कामहरु शुरु गर्नका लागि बजेट छुट्याइएको छ ।

‘माथिल्लो अरुण जलविद्युत् आयोजनाको लागि १ अर्ब र दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि ९४ करोड रुपैया बराबर विनियोजन गरिएको छ,’ बजेट वक्तव्यमा भनिएको छ, ‘जलविद्युत् आयोजना छनौट गर्दा अब कम्तीमा ५० प्रतिशत जलाशय र अर्ध जलाशययुक्त आयोजना रहनेछन् ।’

Share News