सामान्य प्रशासन मन्त्रालयको बजेट २५ अर्ब ३ करोड

<p>काठमाडौं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि २५ अर्ब ३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन । उनले प्रदेशमा ६ अर्ब ३५ करोड र स्थानीय तहका लागि ५ अर्ब ६० [&hellip;]</p>

काठमाडौं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि २५ अर्ब ३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।

उनले प्रदेशमा ६ अर्ब ३५ करोड र स्थानीय तहका लागि ५ अर्ब ६० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको बताए ।

यस्तै, उनले २ वर्षभित्र सबै स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिसक्न १ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको बताए ।

Share News