अर्थविद् भन्छन् : बजेट चुनावी घोषणापत्र जस्तो भयाे

<p>काठमाडौं । बजेट समग्रमा सकारात्मक भएको अर्थ–राजनीतिक विश्लेषक हरि रोकाले प्रतिक्रिया दिएका छन् । अहिलेको आवश्यकता अनुसार बजेटले कृषि क्षेत्रलाई सम्बोधन गरेको र यसलाई कार्यान्वयन गर्नको लागि सरकारले कस्तो प्रकारको मेकानिजम बनाएको छ भन्ने कुरा महत्वपुर्ण भएको उनको तर्क छ । विकासन्युजलाई प्रतिक्रिया दिँदै रोकाले भने, ‘कृषिलाई नै केन्द्रबिन्दुमा राखेर उत्पादन वृद्धि गर्ने, प्रोसेसिङ गर्ने, [&hellip;]</p>

काठमाडौं । बजेट समग्रमा सकारात्मक भएको अर्थ–राजनीतिक विश्लेषक हरि रोकाले प्रतिक्रिया दिएका छन् ।

अहिलेको आवश्यकता अनुसार बजेटले कृषि क्षेत्रलाई सम्बोधन गरेको र यसलाई कार्यान्वयन गर्नको लागि सरकारले कस्तो प्रकारको मेकानिजम बनाएको छ भन्ने कुरा महत्वपुर्ण भएको उनको तर्क छ ।

विकासन्युजलाई प्रतिक्रिया दिँदै रोकाले भने, ‘कृषिलाई नै केन्द्रबिन्दुमा राखेर उत्पादन वृद्धि गर्ने, प्रोसेसिङ गर्ने, जुन खालको विषवस्तु आएको छ, त्यो सकारात्मक छ । कार्यान्वयन सरकारले कति गर्न सक्छ भन्नेमा भर पर्छ ।’

बजेटले वित्तीय अनुशासन र आर्थिक स्थायीत्वमुखी नभएको अर्थविद डा. डिल्लीराज खनालको भनाई छ । आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा विकासन्युजलाई प्रतिक्रिया दिँदै उनले भने, ‘अर्थतन्त्रको अवस्था, कार्यान्वयन गर्न सक्ने अवस्था र स्थिति के छ, यी सबैलाई भुलेर चुनावी घोषणापत्र जस्तो बजेट ल्याइएको छ ।’ डा. खनालका अनुसार बजेटले आंशिक सकारात्मक पक्ष पनि समेटेको बताए ।

Share News