भूकम्प प्रभावित क्षेत्रका सांसदको चिन्ता–जनताले टाउको फुटाउँछन्

<p>काठमाडौं, १९ जेठ । भूकम्प गएको एक वर्ष बितिसक्दा समेत पीडित जनतालाई खुल्ला आकासबाट टहरोमा सार्न नसकेपछि भूकम्प प्रभावित क्षेत्रका सांसदहरुलाई आफ्नो टाउको कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ । ‘एक वर्षदेखि जनतालाई आश्वासन मात्रै दिइदै आइएको छ, हामीलाई गाउँ जान समेत गाह्रो भैसक्यो, यस्तै अवस्था रहे अब जनताले हाम्रो टाउको फुटाउनेछन् ।’, सिन्धुपाल्चोकका सांसद [&hellip;]</p>

house-150x150काठमाडौं, १९ जेठ । भूकम्प गएको एक वर्ष बितिसक्दा समेत पीडित जनतालाई खुल्ला आकासबाट टहरोमा सार्न नसकेपछि भूकम्प प्रभावित क्षेत्रका सांसदहरुलाई आफ्नो टाउको कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ । ‘एक वर्षदेखि जनतालाई आश्वासन मात्रै दिइदै आइएको छ, हामीलाई गाउँ जान समेत गाह्रो भैसक्यो, यस्तै अवस्था रहे अब जनताले हाम्रो टाउको फुटाउनेछन् ।’, सिन्धुपाल्चोकका सांसद रमेश कुमार लामाले भने ।

सिन्धुलीका सांसद गणेश पहाडीको पीँडा पनि कम छैन् । उनी भन्छन–‘न राहत दिन सकियो, न पुनस्थापनाको काम अघि बढेको छ, न त घर बनाउन दिने भनिएको अनुदान नै दिन सकिएको छ, उल्टै ठुलो संख्यामा भूकम्प पीडितको सर्वेक्षण छुटेको छ, आलाकाँचा इञ्जिनियरले राम्रो काम गरेनन्, पुनः सर्वेक्षण नगरि हामी गाउँ जान सक्ने अवस्था छैन् ।’

धादिङका सांसद गुरु बुर्लाकोटी भन्छन्–‘सर्वे रिपोर्ट कामै लागेन, प्वाल परेको हाँडीलाई पुर्ण क्षति भन्ने की आंशिक ? रिपोर्टले कुन घर पुर्ण क्षति हो कुन चाँही आंशिक भन्ने छुट्याउन सकेन्, जनताले हामीलाई गाउँ पस्न दिँदैनन अब, हामीले गाउँ जाने अवस्था छैन् ।’ गोर्खाका सांसद कृष्ण धितालले जील्लाका सात वटा गाबिस हिमाल पारि पर्ने भएकाले ती क्षेत्रमा हेलिकप्टरबाट पैसा वितरण गर्नु पर्ने धारणा राखेका थिए ।

रसुवाका सांसद जनार्दन ढकालले नेपाल पनि हाइटीकै अवस्थामा पुग्ने सम्भावनालाई नकार्न नसकिने बताए । उनले भने–‘नेपालमा पनि हाइटीकै अवस्था नआउला भन्न सकिन्न, जनतालाई पैसा दिनु पर्यो घर आफैं बनाउँछन, राज्यले सुपरिवेक्षण गरे पुग्छ ।’

गोरखाका अर्का सांसद हितराज पाण्डेले गाउँमा राहत वापतको १५ हजार रुपैंयाँ समेत नपुगेको भन्दै आक्रोश पोखे । धादिङका सांसद गंगालाल तुलाधरले तथ्यांक संकलनका क्रममा ठुलो संख्यामा पीडित छुटेको बताउँदै त्यसले सामाजिक द्धन्द्ध निम्त्याउने दावी गरे । उनले धादिङका ८ सय खानेपानी आयोजनाका लागि तीन करोड ३३ लाख बजेट दिइएकोमा दुखेसो पनि पोखे ।

विकास समितिका सभापति रबिन्द्र अधिकारीले पुननिर्माण प्राधिकरणले कागजी काम र शिलान्यस मात्रै गरेको भन्दै आपक्ति जनाए । उनले समिति मार्फत तत्कालै जनताले राहत महशुस गर्ने गरि काम गर्न निर्देशन समेत दिएका थिए ।

Share News