२३ वटा लघुवित्तको सेयर मूल्य एक हजारभन्दा सस्तो

<p>काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घट्दो रुपमा छ । बजार घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्य पनि सस्तिँदै गएको छ । बजारमा बैंकमात्र नभई हरेक समूह अन्तर्गतका कम्पनीका सेयर मूल्य घटी रहेको छ । बजारमा सूचीकृत ५१ लघुवित्तहरुमध्ये २३ वटाको सेयर मूल्य एक हजारभन्दा तल झरिसकेको छ । जबकी उनीहरुको सेयर कारोबार प्रतिकित्ता २ हजारभन्दा [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घट्दो रुपमा छ । बजार घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्य पनि सस्तिँदै गएको छ ।

बजारमा बैंकमात्र नभई हरेक समूह अन्तर्गतका कम्पनीका सेयर मूल्य घटी रहेको छ । बजारमा सूचीकृत ५१ लघुवित्तहरुमध्ये २३ वटाको सेयर मूल्य एक हजारभन्दा तल झरिसकेको छ । जबकी उनीहरुको सेयर कारोबार प्रतिकित्ता २ हजारभन्दा बढी मूल्यमा भइसेकेको थियो ।

२३ वटा लघुवित्तमध्ये डिप्रोक्स लघुवित्तको सबैभन्दा बढी सेयर मूल्य छ । गत शुक्रबारको बजारमा संस्थाको सेयर प्रतिकित्ता ९९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । जुन संस्थाको न्यूनतम मूल्यको हाराहारीमा छ । हालसम्म संस्थाको उच्चतम मूल्य प्रतिकित्ता २००० र न्यूनतम मूल्य प्रतिकित्ता ९५९ रुपैयाँ रहेको छ ।

यीमध्ये अधिकांश कम्पनीको सेयर भाउ ८ सयदेखि ९ सय रुपैयाँको बीचमा छ । जसमा सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्तको घटेको देखिन्छ । प्रतिकित्ता २३ सय १० रुपैयाँसम्म कारोबार भएको लघुवित्तको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ८९५ रुपैयाँमा झरेको छ । जुन न्यूनतम मूल्य भने होइन । संस्थाको सेयर हालसम्म प्रतिकित्ता २९६.७० रुपैयाँभन्दा तल भने झरेको छैन ।

त्यस्तै, सबैभन्दा सस्तो आँधीखोला लघुवित्त रहेको छ । संस्थाको सेयर अहिले करिब ४०० रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ । गत शुक्रबारको बजारमा संस्थाको अन्तिम सेयर कारोबार प्रतिकित्ता ३९८.५० रुपैयाँमा भएको थियो । जबकी कम्पनीको सेयर उच्चतम ४३५ र न्यूनतम प्रतिकित्ता ३९०.७६ रुपैयाँमा कारोबार भएको छ ।

बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेसँगै लगानीकर्ताहरुलाई लगानी गर्नको लागि सहि समय देखिएको छ । घटेको बजारमा लगानी गर्नेले भावी दिनमा राम्रो प्रतिफल पाउने समेत जानकारहरु बताउँछन् ।

कसको मूल्य कति ?

Share News