अजोड इन्स्योरेन्सको पशुपंछी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

<p>काठमाडौं । अजोड इन्स्योरेन्सले पशुपंछी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा ३ दिने तालिम सम्पन्न गरेको हो । २३ जना क्षति मुल्याङ्कनकर्ताको सहभागिता भएको कार्यक्रममा अजोड इन्स्योरेन्सका दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रमको संचालन अजोड इन्स्योरेन्सका गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए । यस्तै [&hellip;]</p>

काठमाडौं । अजोड इन्स्योरेन्सले पशुपंछी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा ३ दिने तालिम सम्पन्न गरेको हो ।

२३ जना क्षति मुल्याङ्कनकर्ताको सहभागिता भएको कार्यक्रममा अजोड इन्स्योरेन्सका दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रमको संचालन अजोड इन्स्योरेन्सका गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए ।

यस्तै अजोडले गुल्मी जिल्लाको इश्मा गाऊपालिकाको वडा नं। १ को वडा कार्यालयमा घुम्ति बीमा सेवा तथा स्थानिय निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले घुम्ति बीमा सेवाबाट ८ लाख ८१ हजार ७५० रुपैयाँ संकलन गरेको छ । 

 

 

 

 

Share News