
बोर्डको पत्रकार सम्मेलनलगत्तै नाराबाजीमा उत्रिएका लगानीकर्ता, भने- ‘धितोपत्र बोर्ड मुर्दावाद’
काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्नको लागि राखेको पत्रकार सम्मेलनपछि लगानीकर्ताहरु नारावाजीमा उत्रिएका छन् । उनीहरु धितोपत्र बोर्डले आफ्ना मागहरु पुरा गर्न कुनै तदारुकता नदेखाएको भन्दै नारावाजीमा उत्रिएका हुन् ।
बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताका सबै माग तीन महिनाभित्रमा कार्यान्वयन गरिने भनेपछि तत्काल नगरेको भन्दै लगानीकर्ताहरु नारावाजीमा उत्रिएका हुन् ।

उनीहरु पत्रकार सम्मेलन सकिएपछि बाहिर ‘धितोपत्र बोर्ड मुर्दावाद’, ‘लगानीकर्ताको माग पुरा गर’ लगायतका नारा लगाएर नारावाजीमा उत्रिएका हुन् । उनीहरुले विभिन्न १९ वटा माग राखेका छन् ।

विगत ७ दिनदेखि अनसनमा रहेका लगानीकर्ता तिलक कोइराला

बोर्डका कर्मचारीलाई घर जान नदिने भन्दै रोडमा बसेका लगानीकर्ता

विगत ७ दिनदेखि अनसनमा रहेका लगानीकर्ता तिलक कोइराला

बोर्ड कार्यालय अघिको दृष्य


