‘रिटर्न अन इक्विटी’ हेरेर सेयर किन्दा कुन लघुवित्त रोज्ने ?

<p>काठमाडौं । आधा दर्जन लघुवित्त वित्तीय संस्थाबीच रिटर्न अन इक्विटी (आरओई) मा प्रतिस्पर्धा देखिएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार आत्मनिर्भर लघुवित्त, स्वस्तिक, फरवार्ड, समाज, नेशनल, सीवाईसी र महिला लघुवित्त वित्तीय संस्थाबीच आरओईमा प्रतिस्पर्धा देखिएको हो । राष्ट्र बैंकका अनुसार ६५ वटा लघुवित्तमध्ये आरओईमा सबैभन्दा अब्बल आत्मनिर्भर लघुवित्त वित्तीय संस्था देखिएको छ [&hellip;]</p>

काठमाडौं । आधा दर्जन लघुवित्त वित्तीय संस्थाबीच रिटर्न अन इक्विटी (आरओई) मा प्रतिस्पर्धा देखिएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार आत्मनिर्भर लघुवित्त, स्वस्तिक, फरवार्ड, समाज, नेशनल, सीवाईसी र महिला लघुवित्त वित्तीय संस्थाबीच आरओईमा प्रतिस्पर्धा देखिएको हो । राष्ट्र बैंकका अनुसार ६५ वटा लघुवित्तमध्ये आरओईमा सबैभन्दा अब्बल आत्मनिर्भर लघुवित्त वित्तीय संस्था देखिएको छ ।

आत्मनिर्भर लघुवित्तको आरओई ३७.७७ प्रतिशत, स्वस्तिककको ३६.८० प्रतिशत, फरवार्डको ३६.६८ प्रतिशत, समाजको ३६.४५ प्रतिशत, नेशनलको ३५.३१ प्रतिशत, सिवाईसीको ३४.८३ र महिला लघुवित्तको ३३.५५ प्रतिशत छ ।

नाफा मात्रै भन्दा पनि बैंकको ‘स्ट्रेन्थ’ कति छ भन्नको लागि हेर्ने गतिलो सूचक रिटर्न अन इक्विटी हो । विभिन्न लघुवित्तहरुले करोडौं नाफा गरेको देखिए पनि उनीहरूले लगानी गरे अनुसारको कमाए वा कमाएनन् भन्ने विषय जानकारीका लागि सम्पत्तिमाथिको प्रतिफल गतिलो सूचक हो ।

सेयर बजारमा लगानी गर्दा पनि लगानीकर्ताहरुले कम्पनीको आरओई कति छ भनेर हेर्ने गरेका छन् । लघुवित्तको सेयर खरिद गर्दा पनि आरओई हेरेर लगानी गर्दा उपर्युक्त हुन सक्छ ।

कुन लघुवित्तको आरओई कति ?

[pdf id=336233]

Share News