काठमाडौं । करिव साढे ५ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन (आईपीओ) को क्रममा रहेको छ । २४ वटा कम्पनीले ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेका छन् ।
त्यसमध्ये १६ वटा कम्पनीको आवेदन प्रारम्भिक अवस्थामा रहेको र ८ वटा कम्पनीको प्रक्रिया अगाडि बढिसकेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । आइपीओ जारी गर्न चाहानेमा बीमा, जलविद्युत, सूचना प्रविधि, लगानी कम्पनी, लघुवित्त, होटल, कृषि कम्पनी रहेका छन् ।
सबैभन्दा बढी रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न प्रस्ताव गरेको छ । पिपुल्स हाइड्रो पावर कम्पनीले ८० करोड र आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेका छन् ।
आईएमई ग्रुप प्रवद्र्धक रहेका ४ वटा कम्पनीले सेयर निष्काशन गर्दैछन् । त्यसमा आईएमई लाइफ, रिलायवल लाइफ पनि छन् । आईएमई ग्रुप प्रवद्र्धक रहेको हाथवे इन्भेष्टमेन्ट कम्पनीले १४ करोड ६२ लाख रुपैयाँको सेयर निष्काशन गर्दैछ । आइएमई ग्रुप प्रवद्र्धक भएको डिसहोम नेटवर्कले २३ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्दैछ ।
चालु आर्थिक वर्षमा २५ वटा कम्पनीले धितोपत्र बोर्डबाट साधारण सेयर निष्काशन गर्न अनुमति पाइसकेका छन् । उनीहरुले ६ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेका छन् । २५ वटा कम्पनीमा प्रमोटरले मात्र १५ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेका छन् ।
कुन कम्पनीकाे कति ?
[pdf id=336296]