काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.७३ अंकले घटेर २७९६ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार १५७ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३५१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पििनिङ मिल्सको भएको छ । रिलाइन्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै सोलु हाइड्रोको २३ करोड, आँखु खोलाको २६ करोड, नेसनल हाइड्रोको १४ करोड र करपोरेट डेभलपमेन्टको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करपोरेट डेभलपमेन्ट, पाल्पा सिमेन्ट र शिखर पावरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सिटी होटलको सेयर मूल्य १४ प्रतिशतले बढेका छन् ।