रिलायन्स लाइफले बीमितको परिवारलाई दियो २० लाख रुपैयाँ

<p>काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमितकाे परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित स्व. दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रमबीच बीमा दाबी वापतको २० लाख २४ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हो । बिहीबार एक कार्यक्रमबीच निवासमै बीमा दाबी वापत २० लाख २४ हजार रुपैयाँको चेक बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्का [&hellip;]</p>

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमितकाे परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित स्व. दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रमबीच बीमा दाबी वापतको २० लाख २४ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हो ।

बिहीबार एक कार्यक्रमबीच निवासमै बीमा दाबी वापत २० लाख २४ हजार रुपैयाँको चेक बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्का तथा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रिय प्रबन्धक दिपक कुमार ओलीले स्व. केसीकी श्रीमती खिम कुमारी केसीलाई हस्तान्तरण गरेका हुन् ।

सो मृत्युदाबी रकम दाबी गरिएको ९ औं दिनमा बीमा बापतको चेक हस्तान्तरण गरिएको क्षेत्रिय प्रबन्धक दिपक कुमार ओलिले बताए ।

बीमित दिलबहादुर केसीको सडक दुर्घटनामा मृत्यु भएकाे थियो ।

Share News