काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा थप दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले मर्जर प्रकृयामा गएका सानिमा जनरल र जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिदिएको हो ।
यी दुईले असार २९ गते मात्रै मर्जरमा जानको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सोहि अनुसार नेप्सेले असार ३० गतेदेखि दुबै कम्पनीको सेयर कारोबार रोकिदिएको हो ।
यससँगै अब दुई इन्स्योरेन्सबीचको मर्जर प्रकृया सम्पन्न भई एकीकृत कारोबार नभएसम्म दोश्रो बजारमा सेयर कारोबार खुल्ने छैन ।
दुबै इन्स्योरेन्स समान हैसियत अर्थात १ बराबर १ को अनुपातमा एक आपसमा मर्ज हुन लागेका हुन् ।
पछिल्लो समय नेप्सेमा अधिकांश बीमा कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । सबै कम्पनी धमाधम मर्जर प्रकृयामा जनलाई एमओयू गरेसँगै नेप्सेले कारोबार रोक्का गरिदिएको हो ।