बिहीबार एनआईसी एशियाको सर्वाधिक कारोबार, दोश्रोमा अपर तामाकोशी

<p>काठमाडौं । बिहीबारको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको एकैदिन ३० करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रोमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । दिनभरको कारोबारमा कम्पनीको १४ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा बिहीबारको बजारमा कूल [&hellip;]</p>


काठमाडौं । बिहीबारको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको एकैदिन ३० करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रोमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । दिनभरको कारोबारमा कम्पनीको १४ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

समग्रमा बिहीबारको बजारमा कूल २ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा बढी हो । बुधबारको बजारमा २ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यस्तै, बिहीबार २२० कम्पनीको ६२ लाख १० हजार कित्ता सेयर खरिद बिक्री भएका हुन् ।

बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि सुधार देखिएको छ । परिसूचक अघिल्लो दिनको तुलनामा १४.७१ अंकले बढेर २००१.५३ बिन्दुमा पुगेको छ ।

त्यस्तै, टप गेनको शीर्ष स्थानमा एनआईबिएल प्रगति फण्ड रहेको छ । जसको भाउ ९.९८ प्रतिशितले बढेर प्रतिइकाई १०.१४ रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीहरुमध्ये अपर तामाकोशीको सेयर मूल्य ७.९७ प्रतिशतले बढेर प्रतिकित्ता ५४० रुपैयाँ पुगेको छ ।

बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।

Share News