अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

<p>काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । इन्स्योरेन्स र क्यापिटलबीच सेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको हो । बिहीबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब अजोड [&hellip;]</p>

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । इन्स्योरेन्स र क्यापिटलबीच सेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको हो ।

बिहीबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब अजोड इन्स्योरेन्सकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनिहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलले गर्नेछ ।

 

Share News