प्रभु र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता, नामदेखि स्वाप रेसियाेसम्म बराबरी हैसियत

<p>काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् । सो सम्बन्धमा दुबै कम्पनीले असार ३० गते होटल अलफ्टमा एक कार्यक्रमबीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ। मर्जपछि बन्ने कम्पनीमा अध्यक्ष प्रभु लाइफका सुभाव अमात्य रहेन छन् भने सीईओमा [&hellip;]</p>

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् । सो सम्बन्धमा दुबै कम्पनीले असार ३० गते होटल अलफ्टमा एक कार्यक्रमबीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ। मर्जपछि बन्ने कम्पनीमा अध्यक्ष प्रभु लाइफका सुभाव अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् ।

मर्जकाे क्रममा स्वाप रेसियाे १ः१ हुने छ । स्वाप रेसियाे, कम्पनीकाे नाम, सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी सबैमा बराबरीकाे हैसियतमा मर्ज हुन लागेकाे सीईओ रमेश भट्टराईले जानकारी दिए ।

हाल प्रभु लाइफको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पुँजी २ अर्ब १० करोड (संस्थागत लगानीकर्ता र लिलामी प्रक्रियाबाट उठेको रकमसमेत) रुपैयाँ छ ।  मर्जर पछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

Share News