प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै कान्तिपुर टेलिभिजन, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

<p>काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्कले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरमा प्रिमियम मूल्य थपेर कूल ७ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । सो प्रयोजनको लागि कम्पनीले सानिमा क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा बिहीबार कान्तिपुर टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक [&hellip;]</p>

काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्कले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरमा प्रिमियम मूल्य थपेर कूल ७ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

सो प्रयोजनको लागि कम्पनीले सानिमा क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा बिहीबार कान्तिपुर टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाशप्रसाद सिरोहिया र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।

कान्तिपुर टेलिभिजनले २०६० असार २९ गतेबाट विधिवत रुपमा प्रसारण आरम्भ गरेको थियो । पछिल्लो समय टेलिभिजनले हाई डेफिनेसन प्रविधि (एचडी) लाई अवलम्बन गर्दै आएको छ ।

Share News