७९ लाख कित्ता आइपीओ ल्याउँदै घोराही सिमेन्ट, बिक्री प्रबन्धकमा हिमालयन र नबिल नियुक्त

<p>काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा रहेको घोराहीले ७९.४३ लाख कित्ता आइपीओ प्रिमियम मुल्यमा सार्वजनिक गर्न लागेको हो । कम्पनीले उक्त सेयरकाे निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गसँग सम्झौता गरेको छ । सम्झौता समारोहमा हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, [&hellip;]</p>

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा रहेको घोराहीले ७९.४३ लाख कित्ता आइपीओ प्रिमियम मुल्यमा सार्वजनिक गर्न लागेको हो ।

कम्पनीले उक्त सेयरकाे निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गसँग सम्झौता गरेको छ ।

सम्झौता समारोहमा हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्ट इन्डस्ट्रिको तर्फबाट संचालक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

वि.सं २०६४ सालमा दर्ता भई २०६९ सालदेखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

बिशाल समूहबाट संयुक्त रुपमा प्रवर्धित घोराही सिमेन्ट इन्डस्ट्रि क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योगमा पर्दछ । हाल कम्पनीले सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

Share News