
काठमाडौं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता ४ सय ३५ रुपैयाँको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयर निष्काशन गर्नेछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयरमा प्रिमियम बापत ३ सय ३५ रुपैयाँ थप गरी प्रति कित्ता ४ सय ३५ रुपैयाँको दर सेयर निष्काशन गर्न लागेको हो ।
उक्त सेयर निष्काशन गर्ने नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका हुन् ।