यस कारण शिवम् सिमेन्टको सेयर मूल्यमा उछाल

<p>काठमाडौं । शिवम् सिमेन्टले ११ करोड बोरा सिमेन्ट बिक्री गरेको भन्दै व्यवसाय प्रवर्द्धनात्मक प्रचार अभियान थालेपछि यस कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ठिक महिनाअघि प्रतिकित्ता ६६० रुपैयाँसम्ममा कारोबार भएको शिवम् सिमेन्टकाे सेयर बुधबार प्रतिकित्ता ८४७ रुपैयाँसम्ममा किनबेच भयो । बुधबार मध्यान्य सम्ममा प्रतिकित्ता ६१ रुपैयाँ अर्थात ७.७८ प्रतिशतसम्मले मूल्यवृद्धि भएको छ । सेयर [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्टले ११ करोड बोरा सिमेन्ट बिक्री गरेको भन्दै व्यवसाय प्रवर्द्धनात्मक प्रचार अभियान थालेपछि यस कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।

ठिक महिनाअघि प्रतिकित्ता ६६० रुपैयाँसम्ममा कारोबार भएको शिवम् सिमेन्टकाे सेयर बुधबार प्रतिकित्ता ८४७ रुपैयाँसम्ममा किनबेच भयो । बुधबार मध्यान्य सम्ममा प्रतिकित्ता ६१ रुपैयाँ अर्थात ७.७८ प्रतिशतसम्मले मूल्यवृद्धि भएको छ ।

सेयर कारोबार रकम, सेयर कारोबार संख्या, कारोबार भएको सेयर कित्ता सबै आधारमा बुधबार शिवम् सिमेन्ट एक नम्बरमा रहेको नेप्सेले जनाएको छ । पछिल्लो एक महिनामा बढी सेयर कारोबार हुने कम्पनीमा पनि शिवम् सिमेन्ट रहेको छ ।

‘नेपालमै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्न सफल’ भनेर व्यवसाय प्रवर्द्धनात्मक प्रचार गरिरहेको छ । त्यसमा कम्पनीले ११ करोड बोरा सिमेन्ट बिक्री गरेको उल्लेख गरेको छ ।

कम्पनीको अनुसार ११ वर्षमा ११ करोड बोरा सिमेन्ट बिक्री गरेको हो । तर बजारमा एक वर्षमा नै ११ करोड सिमेन्ट बिक्री गरेको भन्ने सन्देश गएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/८९ मा नै यति धेरै सिमेन्ट बेचेको हो कि भन्ने सन्देशले पनि सेयर मूल्यमा सकारात्मक प्रभाव परेको हुन सक्ने बताइएको छ । आर्थिक वर्षको अन्त्यपछिको उक्त प्रचारले पनि एक वर्ष नै यति धेरै सिमेन्ट बिक्री भएको हो कि भन्ने सन्देश प्रवाह भएको देखिन्छ ।

‘सेयर मूल्यलाई प्रभाव पार्ने गरी कम्पनी भित्र कुनै परिवर्तन आएको छैन’ कम्पनी सम्बद्ध स्रोतले भन्यो–‘एक वर्षमा नै ११ करोड बोरा सिमेन्ट बिक्री भएको बुझाई कसैलाई परेको छ भने त्यो गलत हो । ११ वर्षमा ११ करोड बोरा सिमेन्ट बिक्री गर्न सफल भएका हौं’ स्रोतले भन्यो ।

Share News