सगरमाथा जलविद्युतले ५४ लाख कित्ता सेयर जारी गर्ने

<p>काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि अंकित मूल्य १०० रुपैयाँ दरको ५४ लाख ८८ हजार कित्ता सेयर जारी गर्ने भएको हो । यसको लागि कम्पनीले सेयर प्रत्याभुतिमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युतको तर्फबाट [&hellip;]</p>

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि अंकित मूल्य १०० रुपैयाँ दरको ५४ लाख ८८ हजार कित्ता सेयर जारी गर्ने भएको हो ।

यसको लागि कम्पनीले सेयर प्रत्याभुतिमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।

सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युतको तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरेका छन् । योसँगै, कोषले कम्पनीको ५४ करोड ८८ लाख रुपैँयाको सेयर प्रत्याभूति गर्ने छ ।

Share News