काठमाडौं । मेटलाइफ फाउण्डेसनले विश्वभरका अल्पसेवा र न्यून प्रतिनिधित्व भएका समुदायहरूको आवश्यकतालाई सम्बोधन गर्न समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने भएको छ । कम्पनीले बुधबार उक्त योजना सञ्चालन गर्ने घोषणा गरेको हो ।
फाउण्डेसनको उक्त योजनाले मेटलाईफको २०३० विविधता, समता र समावेशिता प्रतिबद्धतालाई सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।
उक्त योजनामा फाउण्डेसनले १५० करोड डलर कोषको निर्माण गर्ने जनाएको छ । मेटलाइफले २०२१ देखि २०३० को अवधिमा सीमान्तकृत समुदायका परिवारहरूलाई समर्थन गर्न ८ लाख कर्मचारी स्वयंसेवक पनि खटाएको जनाएको छ ।
फाउण्डेशनले आर्थिक समावेशीकरणका लागि अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई उच्च दक्षता र पुनः सीप गर्ने प्रतिभाको विकास गर्ने बताएको छ । साथै, वित्तीय स्वास्थ्यका लागि बजेट व्यवस्थापन, बचत, र क्रेडिट र लाभहरूमा पहुँचलाई सम्पत्ति निर्माण योजनाको रूपमा सक्षम पार्दै लैजाने फाउण्डशनको भनाइ छ ।
फाउण्डेशनले अनुसार स्वास्थ्य स्रोतहरूमा पहुँच विस्तार गर्दै जलवायु–केन्द्रित अनुदानहरू मार्फत वातावरणलाई दिगो र स्वस्थ बनाई बलियो समुदाय निर्माण गर्ने जनाएको छ ।
मेटलाइफका कर्पोरेट मामिला प्रमुख तथा मेटलाइफ फाउण्डेसनका अध्यक्ष माइक जारकोन १५४ वर्षदेखि मेटलाइफले आर्थिक सुरक्षा सिर्जना गरिरहेको र स्रोतसाधनको फराकिलो प्रयोग गरि सकारात्मक प्रभाव पारेको बताउँछन् । मेटलाइफ फाउण्डेसनले विश्वभरका कमजोर र सीमान्तकृत समुदायहरूका लागि अझ बढी न्यायपूर्ण र विश्वस्त भविष्यलाई अगाडि बढाउने लक्ष्य राखेको उनले बताए ।
२०२१ मा मेटलाइफका २५ हजारभन्दा बढी कर्मचारीहरूले ३७ देशहरूमा ६१ हजारभन्दा बढी घण्टा सेवा गरेका थिए । यस योजना अन्तर्गत फाउन्डेसनले २५ करोड डलर बढीको अनुदान जारी गरेको जनाएको छ ।