
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसिएल) र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ८ प्रतिशत बोनस सेयर वापतको १ करोड ४९ लाख ६० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद गरी कूल ८.४२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयर वापतको ८ लाख १० हजार ३१०.२० कित्ता बोनस नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।