गोल्डन ओक १२औं कृति अवार्डस् भदौ २६ गते, दुई वर्षका सिर्जनाबीच प्रतिस्पर्धा

<p>काठमाडौं । नेपालको विज्ञापन श्रृजनशिलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करण यस बर्ष भाद्र २६ गते हुने भएको छ । यस संस्करणको नाम गोल्डेन ओक १२औं कृति अवार्डस् राखिएको छ । कार्यक्रमको टाईटल स्पोन्सर हिमालयन डिष्टीलरीको गोल्डेन ओक ब्राण्ड रहेको छ । राजधानीमा आज आयोजिक उक्त समारोहमा संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट [&hellip;]</p>

काठमाडौं । नेपालको विज्ञापन श्रृजनशिलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करण यस बर्ष भाद्र २६ गते हुने भएको छ । यस संस्करणको नाम गोल्डेन ओक १२औं कृति अवार्डस् राखिएको छ ।

कार्यक्रमको टाईटल स्पोन्सर हिमालयन डिष्टीलरीको गोल्डेन ओक ब्राण्ड रहेको छ । राजधानीमा आज आयोजिक उक्त समारोहमा संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरेका छन् ।

नेपाल बिज्ञापन संघ (आन) ले २०६० सालदेखि गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ वर्ष हुन सकेको थिएन । कृति अवार्डस् विज्ञापन क्षेत्र लगायत सम्पुर्ण मिडिया र विज्ञापनदाताहरुको सामूहिक उत्सवको रुपमा आयोजना गर्ने गरिएको छ ।

गोल्डेन ओक १२औं कृति अवार्डस्मा २०७६ बैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए गरिएका विज्ञापन तथा प्रबर्धनात्मक रचना तथा कामहरुलाई समावेश गरिने छ । संघका सदस्य एजेन्सीहरुले २०७९ श्रावण ५ गते देखि भाद्र ४ गते सम्म मनोनयन दर्ता गर्न सकिने संघले जनाएको छ ।

गोल्डेन ओक १२औं कृति अवार्डस्मा बिज्ञापन सिर्जनशिलता सम्बद्ध मेन स्ट्रीम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी वसभिन्न ३१ विधामा पुरस्कृत गरिने छ । कार्यक्रममा परेका मनोनयनहरु छनौट तथा मुल्याड्ढनका लागि सुचना, संचार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्रा.डा.बिजय के.सी., प्रा.डा. भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित ३ सदस्यीय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ ।

यसका अतिरिक्त विभिन्न विधामा परेको मनोनयनहरुलाई सम्बन्धित क्षेत्रका विज्ञ प्रतिष्ठित व्यक्तित्व तथा विशेषज्ञहरु सहित करिब २५ जना संलग्न हुने छुट—छुट्टै निर्णायक समितिहरु रहने आनले जनाएको छ ।

Share News