लगातार बढेको बजारमा सामान्य करेक्सन, तीन शीर्षकमा शिवमको अग्रता

<p>काठमाडौं । बिहीबारको सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । पछिल्लो एक सातादेखि निरन्तर उकालो लागेको बजारमा बिहीबार घटेर सामान्य करेक्सन देखिएको हो । बजारमा नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशतले घटी हो । बुधबारको तुलनामा बिहीबारको सेयर बजार पनि घटेको छ । अघिल्लो दिन [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । पछिल्लो एक सातादेखि निरन्तर उकालो लागेको बजारमा बिहीबार घटेर सामान्य करेक्सन देखिएको हो ।

बजारमा नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशतले घटी हो ।
बुधबारको तुलनामा बिहीबारको सेयर बजार पनि घटेको छ । अघिल्लो दिन १ अर्ब ७३ करोडको सेयर कारोबार भएको बजारमा बिहीबार १ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ ।

बजार सामान्य अंकले बढ्नु या घट्नुले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बुझिन्छ । उनीहरु आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । सम्भवतः मोद्रिक नीति साउन ६ गते शुक्रबार आउने प्रबल सम्भावना छ ।

बिहीबारको बजारमा शिवम् सिमेन्ट विभिन्न तीन शीर्षकमा अगाडि छ । कारोबार रकम, कारोबार कित्ता र कारोबार संख्याको आधारमा कम्पनी सबैभन्दा टपमा छ । कम्पनीको एकैदिन २ लाख २० हजार २ कित्ता सेयर १७ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त कारोबार १ हजार ६२४ पटकमा भएको हो । कम्पनीको सेयर मूल्य भने ७.१० रुपैयाँले घटेर प्रतिकित्ता ८०७.९० रुपैयाँमा झरेको छ ।

त्यसैगरी, बढी कारोबार गर्नेको दोश्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको एकैदिन ११ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार टप गेनरको शीर्ष स्थानमा सेन्ट्रल फाइनान्स कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर प्रतिकित्ता ३२६ रुपैयाँ पुगेको छ ।

बजारमा बैंकिङ्ग र अन्य समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् । बैंकिङ्ग समूह २.२९ र अन्य समूह १६.५५ अंकले बढेका छन् ।

Share News