गुराँस लाइफले गर्यो २६ लाखको मृत्यु दाबी भुक्तानी

<p>काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्सले २६ लाख रुपैयाँकाे मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले १३ लाख रुपैयाँकाे दुई वटा मृत्यु दाबी भुक्तानी गरेको हाे । कम्पनीले राैताहटकी समसा खातुन र तेह्रथुमकी कौशिला लिम्बुलाई १३-१३ लाखकाे मृत्यु दाबी भुक्तानी गरेकाे हाे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल (सीइओ)ले उक्त रकमकाे चेक हस्तान्तरण गरे । सीइओ लालले बीमा [&hellip;]</p>

काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्सले २६ लाख रुपैयाँकाे मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले १३ लाख रुपैयाँकाे दुई वटा मृत्यु दाबी भुक्तानी गरेको हाे ।

कम्पनीले राैताहटकी समसा खातुन र तेह्रथुमकी कौशिला लिम्बुलाई १३-१३ लाखकाे मृत्यु दाबी भुक्तानी गरेकाे हाे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल (सीइओ)ले उक्त रकमकाे चेक हस्तान्तरण गरे ।

सीइओ लालले बीमा समितिले आ.व. २०७८/०७९ लाई बीमा दावी भुक्तानी वर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८/०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए ।

Share News