काठमाडौं । काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ साउन ९ गते (सोमबार) बाँडफाँट गरिने भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त आईपीओ सोमबार बिहान ९ बजे बाँडफाँट गरिने भएको हो । प्रिअलमेन्टको कार्य बिहीबार सम्पन्न भएकाले सोमबार बाँडफाँट गर्ने क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म २३ लाख ६६ हजार २४० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि र २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ६८८ जना आवेदकले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख १७ हजार ६९४ जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी आवेदकको हात रित्तो हुने देखिन्छ ।