गुराँस लाइफले पोखराको गुरुङ परिवारलाई गर्यो २१ लाख रुपैयाँको बीमा दावी भुक्तानी

<p>काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्सले २१ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराले आफ्ना बिमित यम प्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि मृतकको परिवारलाई २१ लाख दुई हजार रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा २०७८ साल भदौ ३० गते २० लाख बिमाङ्कको मृतक गुरुङले जीवन बिमा [&hellip;]</p>

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्सले २१ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराले आफ्ना बिमित यम प्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि मृतकको परिवारलाई २१ लाख दुई हजार रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा २०७८ साल भदौ ३० गते २० लाख बिमाङ्कको मृतक गुरुङले जीवन बिमा गरेका थिए । मृतक गुरुङको श्रीमती मोतिमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल र बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिलसिनाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

सो अवसरमा क्षेत्रिय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाख बत्ती बाले जस्तै हरेक घरमा अभिकर्ताले जीबन बीमाको दियो बाल्नुपर्ने बताए । यस्तै, बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले जीवन बीमाले व्यक्तिनै फिर्ता ल्याउन नसकेपनि उसको आम्दानीलाई बचाइ राख्न जीवन बीमामा लगानी गर्नुपर्ने बताए ।

Share News