फूलबुट्टा भरेर आएको मौद्रिक नीति प्रभावकारी छैन : लगानीकर्ता पोखरेल

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिलाई नेपाल पूँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले कोमाको अवस्थामा रहेको बजारमा मौद्रिक नीति सिटामोल मात्रै भएको आरोप लगाएकी छिन् । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिलाई अध्यक्ष पोखरेलले यस्तो बताएकी हुन् ।  उनले ४/१२ को सेयर धितो कर्जा सीमालाई [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिलाई नेपाल पूँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले कोमाको अवस्थामा रहेको बजारमा मौद्रिक नीति सिटामोल मात्रै भएको आरोप लगाएकी छिन् । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिलाई अध्यक्ष पोखरेलले यस्तो बताएकी हुन् । 

उनले ४/१२ को सेयर धितो कर्जा सीमालाई ४ हटाएर १२ यथावत राख्दा कसरी राम्रो भयो ? भनेर प्रश्न समेत गरेकी छिन् । ‘सेयर धितो कर्जाको सीमामा १२ करोड मात्र अचम्म, ४ करोडका दरले ३ बैंक धाउनु पर्नेमा झन्झट हटेर गए पनि अर्बाैको सेयर हुनेले के १२ करोडमै थान्को लाग्नु पर्ने हो र ?’ उनले भनिन्, ‘आफ्नो सम्पत्ति राखेर पनि पैसा लिन नपाइने ? ढिलो छिटो यो खारेज हुनै पर्छ । हाम्रो सम्पत्तिमा राष्ट्र बैंकले अंकुश लगाउन पाउँदैन ।’

उनले २५ लाखको ऋणमा जोखिम भार १०० प्रतिशतसम्म ठिक भएको तर साना लगानीकर्तालाई प्रोत्साहन गर्न खोजेको मान्नुपर्ने बताइन् । 

उनले मर्जर तथा एक्विजिसनमा जाँदा कारोबार नरोकिने भन्ने विषयलाई आफूहरूले उठाएको र सेयर लगानीकर्ताको लागी राम्रो भएको ठोकुवा गरेकी छिन् । 

मौद्रिक नीतिमा बैंकदर ७ प्रतिशतबाट १.५ प्रतिशत बढाएर ८.५ प्रतिशत पत्याउनु गलत भएको उनले बताइन् । उक्त व्यवस्थाले बैंकको मार्जिन कर्जाको ब्याज घट्न मद्दत नगर्ने दाबी गरिन् । 

सीडी रेसियो हटाएर सीसीडी कायम हुनुपर्नेमा त्यो नभएमा उनले आपत्ति जनाइन् । तर सीडी रेसियोमा २०८० असारसम्ममा ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गर्दा तरलताको चापलाई केही हदसम्म सहयोग गर्ने उनको बुझाई छ । 

समग्रमा मौद्रिक नीति फूलबुट्टा भरेर आएपनि खासै प्रभावकारी नभएको अध्यक्ष पोखरेलले बताइन् । सेयर बजारको लागि राष्ट्र बैंकको कसुवा नीति ज्यादिबिधि खुकुलो पनि आएको मान्न नसकिने उनको तर्क छ । तथापि राष्ट्र बैंकको नीति बजारलाई नियन्त्रण गरेर आफूले चाहेको बाटोमा हिँडाउन खोजेको प्रष्ट देखिएको बताइन् । 

Share News