मौद्रिक नीतिको प्रभाव सेयर बजारमा, १० मिनेटमा दोहोरो अंकले बढ्यो

<p>काठमाडौं । सेयर बजार खुलेको १० मिनेटमा दोहोरो अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन नै सेयर बजार बढेको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको १० मिनेटमा नेप्से परिसूचक १२.२९ अंकले बढेको हो । समाचार तयार पार्दासम्म झण्डै साढे २२ करोड रुपैयाँ बराबरको कारोबार [&hellip;]</p>

काठमाडौं । सेयर बजार खुलेको १० मिनेटमा दोहोरो अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन नै सेयर बजार बढेको हो ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको १० मिनेटमा नेप्से परिसूचक १२.२९ अंकले बढेको हो । समाचार तयार पार्दासम्म झण्डै साढे २२ करोड रुपैयाँ बराबरको कारोबार भएकोछ । १६८ कम्पनीको ५ लाख ३९ हजार कित्ता सेयर ३ हजार ३०६ पटक किनबेच हुँदा २२ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

म्युचुअल फण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीति सेयर बजार अनुकुल आएपछि सेयर बजार बढेको हो ।

Share News