राप्ती हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा

<p>काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओ सोमबार बिहान बाँडफाँट सम्पन्न भएको हो । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म २३ लाख ६६ हजार २४० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् ७० [&hellip;]</p>

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओ सोमबार बिहान बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म २३ लाख ६६ हजार २४० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि र २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १४ लाख ९१ हजार ७२२ जना आवेदकले १ करोड ६२ लाख ७६ हजार ६१० कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जसमध्ये १ हजार ४२४ जनाको आवेदन रद्द भएको छ भने १४ लाख ९० हजार २१८ जना आवेदकको मात्रै सदर भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख १७ हजार ६९४ जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गरेका छन् । बाँकी १२ लाख ७४ हजार २८ जना आवेदकको हात रित्तो भएको छ ।

कम्पनीको आईपीको नतिजा सिदार्थ क्यापिटलको वेवसाइट, सिडिएससीको मेरो सेयरको वेवसाइट, सिडिएसले आईपीओको नतिजा हेर्न संचालनमा ल्याएको वेवसाइट र कम्पनीको वेवसाइटबाट हेर्न सकिन्छ ।

Share News