५४ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब नाघ्यो सेयर कारोबार, शिवमको सर्वाधिक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिपछि सेयर बजार निरन्तर बढ्दो छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक भएपछिको दोश्रो कारोबारमा नेप्से परिसूचक ५४.४५ अंकले बढेको हो । जुन अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशतले बढेर २१३२.९६ बिन्दुमा पुगेको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । दिनभरको कारोबारमा ४ अर्ब [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिपछि सेयर बजार निरन्तर बढ्दो छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक भएपछिको दोश्रो कारोबारमा नेप्से परिसूचक ५४.४५ अंकले बढेको हो ।

जुन अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशतले बढेर २१३२.९६ बिन्दुमा पुगेको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । दिनभरको कारोबारमा ४ अर्ब १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बजारमा पछिल्लो १७ कार्य दिनपछि ४ अर्ब माथिको सेयर कारोबार भएको छ । गत असार २० गतेको बजारमा ४ अर्ब ३४ करोड रुपैयाँ बरारबको सेयर कारोबार भएको थियो ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा शिवम् सिमेन्ट रहेको छ । शिवमको एकैदिन १५ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ८३८ रुपैयाँ पुगेको छ । त्यस्तै, १० करोडभन्दा बढीको कारोबार हुनेमा अरुण काबेली पावर, एनटीसी, हिमालयन डिष्टिलर र अपर तामाकोशी रहेका छन् ।

सोमबारको बजारमा १० कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । जसमध्ये नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपस फाइनान्स कम्पनी, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, ग्रीन डेभपमेन्ट बैंक, यूनाईटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, समृद्धि फाइनान्स कम्पनीको ९.९८ प्रतिशत, गोर्खाज फाइनान्सको ९.९६ प्रतिशत र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ ।

त्यसैगरी, बजारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये विकास बैंक समूह सबैभन्दा बढी अंकले बढेको छ ।

Share News