नेप्सेमा दुई वटा फण्ड सूचीकृत

<p>काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको म्युचुअल फण्ड सूचीकृत भएको छ । सोमबार कुमारी क्यापिटलको धनवृद्धि योजना र एनआईसी एशिया क्यापिटलको फ्लेक्सी क्याप फण्ड नेप्सेमा सूचीकृत भएको हो । दुवै कम्पनीको फण्ड मंगलबारदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ । सोमबार कुमारी क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गको कुमारी धनवृद्धि योजना नेप्सेमा [&hellip;]</p>

काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको म्युचुअल फण्ड सूचीकृत भएको छ । सोमबार कुमारी क्यापिटलको धनवृद्धि योजना र एनआईसी एशिया क्यापिटलको फ्लेक्सी क्याप फण्ड नेप्सेमा सूचीकृत भएको हो । दुवै कम्पनीको फण्ड मंगलबारदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।

सोमबार कुमारी क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गको कुमारी धनवृद्धि योजना नेप्सेमा सूचीकृत भएको हो । क्यापिटलको प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड २५ लाख ७ हजार २५९ सामुहिक लगानी कोष इकाई कुमारी धनवृद्धि योजना नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको दोस्रो बजार कारोबारको लागि केडीबीवाई सिम्बोल प्रदान गरेको छ ।

त्यस्तै, एनआईसी एशिया क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नेप्सेमा सूचीकृत भएको हो । क्यापिटलको प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको १० करोड २० लाख सामुहिक लगानी कोष इकाईको एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीको दोस्रो बजार कारोबारको लागि एनआईसीएफसी सिम्बोल प्रदान गरेको छ ।

Share News