
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ । सेवोनले साउन ९ गते कम्पनीलाई १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १ः १.४७५२ अनुपातमा ९५ करोड ३५ लाख ६० हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।