खप्तड लघुवित्त र इस्टर्न हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न दुई कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । सेबोनले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री खुलाका लागि अनुमति दिएको हो । खप्तड लघुवित्तलाई साउन १० गते र इस्टर्न हाइड्रोपावरलाई साउन ९ गते आईपीओ निष्काशन गर्न सेबोनले अनुमति दिएको हो [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न दुई कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । सेबोनले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री खुलाका लागि अनुमति दिएको हो ।

खप्तड लघुवित्तलाई साउन १० गते र इस्टर्न हाइड्रोपावरलाई साउन ९ गते आईपीओ निष्काशन गर्न सेबोनले अनुमति दिएको हो ।

खप्तड लघुवित्तले चुक्ता पूँजीको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्नेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, इस्टर्न हाइड्रोपावरले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि चुक्ता पूँजीको २० प्रतिशत अर्थात् १२ करोड ४० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका कुल १२ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

Share News