मन्दाकिनी हाइड्रोको आईपीओमा १ अर्ब रुपैयाँ संकलन, कतिले भरे आवेदन ?

<p>काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओको आईपीओमा दोस्रो दिन माग भन्दा ८.५२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरङका अनुसार कम्पनीको आईपीओमा मंगलबार ५ बजेसम्म ८ लाख १० हजार ९५३ जना आवेदकले ९३ लाख २४ हजार २२० कित्ताका लागि ९३ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले साउन ९ [&hellip;]</p>

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओको आईपीओमा दोस्रो दिन माग भन्दा ८.५२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरङका अनुसार कम्पनीको आईपीओमा मंगलबार ५ बजेसम्म ८ लाख १० हजार ९५३ जना आवेदकले ९३ लाख २४ हजार २२० कित्ताका लागि ९३ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले साउन ९ गतेदेखि ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको आईपीओ सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले साउन १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

Share News