श्वेत-गंगा हाइड्रोको आईपीओ ५ जनाले ११ कित्ता पाउने, १० कित्ता कतिले पाउँछन् ?

<p>काठमाडौं । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा ८.०३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा १६ लाख ३ हजार ७७२ जना आवेदकले १ करोड ८२ लाख ३९ हजार २७० कित्ताका लागि १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । कम्पनीको आईपीओमा [&hellip;]</p>

काठमाडौं । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा ८.०३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा १६ लाख ३ हजार ७७२ जना आवेदकले १ करोड ८२ लाख ३९ हजार २७० कित्ताका लागि १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख २७ हजार २ जना आवेदकले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ५ कित्ता बाँकी रहन्छन् । ५ जना आवेदकलाई भने बाँकी रहेको ५ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गर्नेछ । बाँकी आवेदन दिएका १३ लाख ७६ हजार लगानीकर्ताको हात रित्तो हुने देखिन्छ ।

कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर बिक्री गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओ बिक्रीको कार्यसम्पन्न भइसकेकाले अब वितरणको लागि तयारी भइरहेको छ ।

Share News