लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि शुभ लक्ष्मी कोष म्युचुअल फण्ड बिक्री खुला गर्ने

<p>काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गतेदेखि शुभ लक्ष्मी कोष योजनाको इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कोष प्रवद्र्धक लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको शुभ लक्ष्मी कोष म्युचुअल फण्ड साउन १९ गतेदेखि बिक्री खुला गर्ने भएको हो । यो लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत रहेको एक खुलामुखी योजना हो [&hellip;]</p>

काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गतेदेखि शुभ लक्ष्मी कोष योजनाको इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कोष प्रवद्र्धक लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको शुभ लक्ष्मी कोष म्युचुअल फण्ड साउन १९ गतेदेखि बिक्री खुला गर्ने भएको हो । यो लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत रहेको एक खुलामुखी योजना हो ।

क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँका दरका ५ करोड इकाई मध्ये ७५ लाख वा १५ प्रतिशत कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई, ४ करोड २५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुला गर्नेछ ।

क्यापिटलको उक्त फण्डमा १०० इकाईदेखि ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त फण्डको इकाईमा छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । लक्ष्मी क्यापिटल लक्ष्मी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

Share News