काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ इकाई बाँडफाँट सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंक कोष प्रवद्र्धक रहेको र ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ को इकाई बाँडफाँट सम्पन्न भएको हो ।
प्रति इकाई मूल्य १० रुपैयाँ दरको १२ करोड इकाईको १५ प्रतिशत इकाईमध्ये कोष प्रवद्र्धकलाई १३.५० प्रतिशत अर्थात् १ करोड ६२ लाख इकाई, योजना व्यवस्थाकलाई १.५० प्रतिशत अर्थात् १८ लाख इकाई र १० करोड २० लाख इकाई सर्वसाधारणलाई छुट्याएको थियो ।
क्यापिटलको उक्त फण्डमा ६० हजार ७१९ जना आवेदकले ८ करोड ४५ लाख ८९ हजार ७६० इकाईका लागि आवेदन दिएका थिए । जसमध्ये ५६ जना आवेदकले १३ हजार ४ सय इकाईका लागि दिएको आवेदन रद्द भएको छ भने ६० हजार ६६३ जना आवेदकको ८ करोड ४५ लाख ७६ हजार ६३० इकाई रीतपूर्वक आवेदन परेकाले बााडफाँट गरिएको छ । जसमा १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिएका ६० हजार ६६३ जनालाई बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलको उक्त फण्डको नतिजा क्यापिटलको वेभसाइट, ग्लोबल आइएमई बैंकको वेभसाइट, सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइट र मेरो सेयरको वेभसाइटबाट हेर्न सकिन्छ ।